चितवन ३ बाट राप्रपाका विक्रम पाण्डे निर्वाचित
चितवन – चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । उनले ३४ हजार ३६२ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए ।
चितवन–३ मा डा. अधिकारीलाई नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलले समर्थन गरेका थिए भने नेकपा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो ।