सिके राउतको जनमत पार्टी सरकारका जाने

बिहिबार, १५ मंसिर २०७९

काठमाडौँ – नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा जनमत पार्टी पनि सामेल हुने भएको छ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा सत्ता गठबन्धनमा सामेल हुने बताएका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन गरेको आग्रहलाइ स्वीकार गर्दै जनमत पार्टीका अध्यक्ष रावतले सत्ता आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएको स्रोतको भनाई छ ।

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो । दुवै नेताबीचको छलफल सकारात्मक भयो । कांग्रेससँग संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको छ, निधिले भनेका छन् ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले प्रधानमन्त्री देउवाको प्रस्तावमा अध्यक्ष राउतले सकारात्मक प्रतिक्रिया दिएको बताए । ुप्रधानमन्त्रीजीसँग भेट भयो । भेटमा उहाँले लोकतान्त्रिक सरकार बनाउनुपर्छ भन्ने उहाँको चाहना राख्नुभयो, तपाइहरुको पनि समर्थन चाहियो भन्नुभयो । प्रदेशदेखि केन्द्रसम्मको सरकार बनाउन उहाँहरुले हाम्रो आवश्यकता महसुस गर्दा अध्यक्षजीले पनि सरकारमा सामेल हुन सकारात्मक प्रतिक्रिया दिनुभएको छ, उनले भने ।

जनमतले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सिट जितेको छ भने प्रदेशसभातर्फ ७ सिट जितेको छ । सो पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ समेत थ्रेसहोल्ड कटाएको छ ।

मधेशको नयाँ शक्तिकारुपमा उदाएको जनमतलाई कांग्रेस नेतृत्वको गठबन्धनमा समेट्न नेता निधिले पहल गरेका थिए । निधि र राउतबीच पटक(पटक भेटघाट र संवादपछि निधिले राउतलाई प्रधानमन्त्री देउवासँग भेटाएका हुन् ।