धैर्यताको महत्व
काठमाडौं – एकादेशको एउटा गाँउमा सुन्दर बगौँचा थियो । त्यो बगैचाभन्दा केही पर एउटा बदमास बाँदर बस्थ्यो । बाँदरदे संधैजस्तो बगौँचामा गएर फलफुलहरु चोरेर खान्थ्यो ।
बगौँचामा एउटा सुरक्षा कर्मचारी पनि खटाइएको थियो । जसले बाँदर त्यहाँ आउने बित्तिकै लखेट्थ्यो । तर पनि त्यो बाँदर भागी–भागी, लुकी–लुकी आएर फलफुल चोरेर खाइदिन्थ्यो । जहिलेको बाँदर लख्टने कामदेखि चौकीदार वाक्क–दिक्क भयो ।
बाँदर पनि लखेटिन पर्दा हैरान मात्र होइन दिकदारी पन अफैले आँप फलाउने योजना बनायो । केहि दिन पछि उसले आफैले आँपको बिरुवा रोप्यो । चार–पाँच दिनपछि बिरुवा उम्रियो कि नाइँ भनेर खोत्लेर हेर्दा बिरुवा उम्रिएको पाएन । उसले फेरी दश–पन्ध्र दिन पछि बिरुवा उम्रियो कि नाइँ भनेर खोतलेर हेर्दा फेरी पनि बिरुवा उम्रिएको पाएन ।
त्यसपछि उसको धैर्यताको बाँध टुट्यो र उसले त्यो आँपको बिउनै खाइदियो । कुनै पनि काम गर्दा धैर्यता एकदमै महत्वपूर्ण छ जस्ले गर्दा ढिलो होला तर फल चाँही अवश्य पनि प्राप्त हुन्छ ।