प्रजातन्त्र दिवसको अवसर पारेर टेलिकमले ल्यायो यस्तो अफर
फागुन ७ काठमाडौँ – प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल टेलिकमले ‘ अनलिमिटेड कल गर्न, एसएमएस र डाटा प्याक’ अफर सार्वजनिक गरेकोछ। फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुलाई लक्षित गरेको उक्त अफर ल्याएको हो।
जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरेपछि दुई घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन्। सो प्याक ३३ रुपैयाँमा खरिद गर्न सकिने छ ।
सो प्याक आज फागुन ७ देखि आगामी फागुन १३ गतेसम्म खरिद गर्न सकिने छ। एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने छ। तर एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने छ।
यो प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट स्टार १४१५ स्टार ८ ह्याज डायल गर्न सकिने कम्पनीले जानाकारी दिएको छ।