संविधानअनुसार समानुपातिक सूचीमा रहेका नाम निर्वाचन आयोगमा पठाइने छः अर्जुननरसिंह केसी

शनिबार, २४ मंसिर २०७९

काठमाडौं— नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानअनुसार समानुपातिक सूचीमा रहेका नाम निर्वाचन आयोगमा पठाउने बताएका छन् ।

सबै परिस्थिति र समावेशी चरित्रलाई समावेश गर्ने नेपालको संविधानको धारा ८४ (२) मा राखिएको व्यवस्था अनुसार सूची पठाउने उनले जानकारी दिए ।

“दलित, मुस्लिम उमेदवार बनाउन सकेनौं । यसकारण यो अहिले समावेशी बनाउनु पर्छ,” समानुपातिकतर्फ नाम सिफारिस गर्न बसेको कांग्रेस बैठकमा सहभागी नेता केसीले भने, “वाग्मती प्रदेशमा तामाङ समुदायको बाहुल्यता छ, यसलाई पनि संबोधन गर्नुपर्छ ।”

७ प्रतिशत मत घटेकोकाले पनि समावेशिताको विषयलाई प्राथमिकतामा दिनुपर्ने विषय बैठकमा उठेको उनले जानकारी दिए ।

समानुपातिक सांसद टुंगो लगाउन कांग्रेस पदाधिकारी तथा केही कार्यसम्पादन समिति सदस्यको बैठक पार्टी कार्यालय सानेपामा जारी छ ।

निर्वाचन आयोगले दलहरूलाई आजसम्म प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।