अर्काको भलो चिताउनुहोस् तपाईँको पनि भलो हुनेछ

शनिबार, २४ मंसिर २०७९

काठमाडौं – एकादेशमा एकजना एकदमै धनाढ्य व्यक्ति थिए । उनको ठूलो गाडीको शोरुम थियो र उक्त शोरुम एकदमै चर्चित थियो । उनको यस्तो सफलतालाई देखेर एक जना पत्रकार उनको अन्तरवार्ता लिन गएछन् ।

पत्रकारले उनको सफलताको राजको बारेमा प्रश्न सोधे छन् । उनले मुस्कुराउँदै आफ्नो काहानी सुनाए । ‘म पहिला सामान्य ट्याक्सी ड्राइभर थिएँ । जति पनि यात्रुहरु आँउथे, म तिनीहरुको लक्ष्यसम्म राम्रोसँग पुर्याइदिने काम गर्थेँ ।’

उनले यात्रुलाई गरेको स्वागत देखेर उनका सहयात्रीहरु छक्क पर्थे । उनी यात्रुलाई भन्थे, ‘आउनुहोस्, सजिलो गरी बस्नुहोस्, तपार्इँ कहाँसम्म जानु हुन्छ, तपार्इँ विश्वास गर्नुहोस् म तपार्इँलाई सजिलो गरी त्यो ठाँउमा लैजान्छु ।’

उनले यात्रुहरु गन्तव्यसम्म पुग्दाखेरी किताब पढ्न रुचाउछन् की, गित सुन्ने हो की त्यो सबै व्यवस्था गरिदिन्थे । यो सबै सुविधा दिदैँ गर्दा उनले कहिले पनि भाडाको कुरा गर्दैनन् थे । यात्रुहरुले आफ्नो मनले जति दिथे उनी त्यतिमै खुसी हुथे ।

उनलाई पैसा भन्दा पनि यात्रुहरुलाई कसरी आफ्नो सेवाबाट खुसी बनाउने भन्ने कुराले पिरोली राखेको हुन्थ्यो । उनको यहि स्वभावको कारणले सबै यात्रुहरुले उनलाई नै रोजेका थिए । यसो गर्दै उनले नामको साथै दाम पनि राम्रोसँग कमाए ।

यसो गर्दैगर्दा उनले एकदिन युप्रै गाडी किनेर आफ्नै शोरुम खोल्न सफल भए । जब हामी हाम्रो कर्म प्रति विश्वास, लगाव र सकारात्मक सोचका साथ लाग्छौं तब मात्र हामी सफल हुन्छौं ।