तीन बूँदे सहमति कार्यान्वयन गर्न माग गर्दै भक्तपुरमा प्रदर्शन

आइतबार, ३ पौस २०७९

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिले तयगरेको संघर्षका कार्यक्रम अन्तरगत नेकपा भक्तपुरले विरोध प्रदर्शन गरेकाे छ । शनिबार नेकपा भक्तपुरको आयोजनमा च्यामासिङमा तिनबुँदे सहमतिलाई कार्यान्वयन गराउन, झुठा मुद्दा खारेज गर्न, बन्दीहरुलाइ रिहाई गराउन दबाब मुलक कार्यक्रम गरिएको मध्यपुर ठिमी इन्चार्ज अपार सि ले बताएका हुन् ।

अपार सिका अनुसार उक्त कोण सभालाई अखिल नेपाल जनसांस्कृिक महासंगका केन्द्रिय महासचिव कुशल सिले सम्वोधन गर्दै तीनबुँदे सहमति अनुसार पार्टीका नेता कार्यकर्ता माथि लगाइएका झूटा मुद्धा खारेज गरी जेलजीवन बिताइरहेका सम्पूर्ण कार्यकर्तालाई रिहाई नगरे ठूलो मूल्य चुकाउनु पर्ने राज्यलाई चेतावनी दिएका छन् ।

साथै तत्काल तीन बुँदे सम्झौता कार्यान्वयन गर्ने गरी ल्याएको अध्यादेश विरुद्ध दलालहरूको षड्यन्त्र भइरहेको हुँदा सरकारलाई अध्यादेश नरोक्न आग्रह पनि गरेका छन् ।

कोर्ण सभामा पार्टी विएम आस्था सि सिसिएम तथा अनेम संघ क्रान्तिकारी केंद्रीय महासचिव राजकुमारी सि ,पार्टी केन्द्रीय सदस्य विजय सि लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीद्वारा घोषित कार्यक्रम अनुसार पौष २ गते दिउँसो २ बजे देशव्यापी प्रदर्शन, पौष ३ गते कोणसभा, ४ गते जिल्ला सदरमुकाम र देशका मुख्य मुख्य शहरहरुमा अन्तर्किया, पौष ५ गते बेलुका मशाल जुलुस र ६ गते बिहान १०- ११ बजे सम्म १ घण्टा चक्काजामको कार्यक्रम रहेका छन।