कांग्रेसले संघसहित सातै प्रदेशमा सरकारको नेतृत्व दाबी नछोड्ने

आइतबार, ३ पौस २०७९

काठमाडौं –  नेपाली कांग्रेसले सातै प्रदेशसहित संघीय सरकारमा नेतृत्वका लागि दाबी नछोड्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले सबै प्रदेश र संघमा नेतृत्वको दाबी नछोड्ने निर निर्णय  गरेको हो ।

संघीय सरकारसहित सातै प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने,” कांग्रेस कार्यसम्पादन समितिको निर्णयमा भनिएको छ, “विकल्प के के हुनसक्छ भनेर सहयात्री दलहरूसँग छलफल गर्ने ।”

बैठकपछि प्रवक्ता डा: प्रकाशशरण महतले प्रदेश सरकार बनाउन प्रक्रिया अघि बढाउने अधिकार प्रदेश समितिलाई दिइसकेको पनि जानकारी दिए ।

प्रदेश सरकार बनाउन प्रक्रिया अघि बढाउने अधिकार प्रदेश समितिलाई दिइएको छ,” महतले भने, “सरकार बनाउन प्रदेश समितिहरूले दलहरूसँग छलफल गरेर अघि बढ्छन् । उहाँहरूको रायका आधारमा सात प्रदेशका सरकारका विषयमा केन्द्रले निर्णय गर्छ ।