अस्ट्रेलियाका विश्वविद्यालयले पनि फिर्ता गर्दैनन् विद्यार्थीको ट्युसन फि
काठमाडौँ – सामान्यतया अस्ट्रेलियाका निजी कलेजहरुले नेपाली विद्यार्थीहरुको ट्युसन फि फिर्ता नगरेका समाचारहरु आईरहन्छन् । व्यक्तिगत लगानीबाट संचालित त्यस्ता कलेजहरुले भर्नाका लागि आएको ट्युसन फि अनेत्र लगानी गर्ने भएकाले समयमै फिर्ता गर्न नसकेका हुन्छन् ।
तर सार्वजनिक संस्थानको रुपमा स्थापित अस्ट्रेलियाका विश्वविद्यालयले समेत विद्यार्थीको समयमै ट्युसन फि लिर्ता नगरेको दुर्लभ समाचार प्राप्त भएको छ ।
अस्ट्रेलिया गएर राम्रो डिग्री प्रप्ता गर्ने, राम्रो आम्दानी गर्ने र भविश्य बनाउने उद्देश्यले विश्वविद्यालयको खातामा पैसा जम्मा गरेर भिसा आवेदन दिएका विद्यार्थीको भिसा नलागेपछि कानुन अनुसार फिर्ता गर्न पर्ने रकम विश्वविद्यालयले फिर्ता गरेका छैनन् ।
विश्वविद्यालयले पैसा फिर्ता नगरेपछि दुई जना विद्यार्थीले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा पैसा फिर्ता गराइदिन माग गर्दै उजुरी गरेका छन् । विभिन्न एजेण्ट र सव–एजेण्टबाट विद्यार्थी लिने विश्वविद्यालयले कलेजको जस्तै ट्युसन फि रोकेपछि विद्यार्थीहरुले इक्यानमा उजुरी गरेका हुन् ।