महानगरपालिकामा विभागीय प्रमुखको ब्यापक हेरफेर बालेनको सचिवालयमा नुरनिधि न्यौपाने तानिए
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेनको सचिवालयमा नुरनिधि न्यौपाने तानिएका छन् । काठमाडौं महानगरपालिका ५ विभागीय प्रमुख फेर्ने क्रममा नुरनिधी न्यौपाने बालेनको सचिवालयमा तानिएका हुन् । महानगरको कार्यसम्पादन सम्झौता अनुसार विभागीय प्रमुख फेरिएका छन् ।
महानगरको सामाजिक विकास विभागका दीपक अधिकारी प्रशासन विभाग, वित्त विभागका यादव घिमिरे आन्तरिक लेखा परीक्षण विभागको जिम्मेवारी दिइएको छ ।
आन्तरिक लेखा परिक्षण विभागका गोपाल पोखरेललाई समाजिक विकास विभागमा सरुवा गरिएको महानगरले जनाएको छ । प्रशासन विभागका प्रमुख महेश काफ्लेलाई सार्वजनिक निजी साझेदारी कार्यक्रममा सरुवा गरिएको छ ।