गठबन्धन नभत्काउन प्रचण्ड र नेपाललाई आग्रह गर्दै रामचन्द्र पौडेल

शनिबार, ९ पौस २०७९

काठमाडौँ — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन नभत्काउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन्।

खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर उनले सत्ता गठबन्धनलाई नभत्काउन आग्रह गरेका हुन्।

‘मैले खुमलटार पुगेर सत्ता गठबन्धन जोगाओैं भनेँ। उहाँले कांग्रेस इमान्दार हुनुपर्ने बताउनुभयो,’ पौडेलले सेतोपाटीसँग उनले भने।

दाहालले कांग्रेसबाट राष्ट्रपति रामचन्द्र पौडेल र आफू प्रधानमन्त्री हुँदा गौरव महशुस हुने भन्दै पहिलो कार्यकालमा आफ्नो नेतृत्व नछोड्ने अडान लिएका छन्।

‘म आफ्नो कुरा गर्न गएको थिइनँ। प्रचण्डजीले अडान कायमै राख्नुभएको छ। गठबन्धन नभत्काऔं भनेको छु,’ पौडेलले भने।

खुमलटारमा प्रचण्डसँग छलफलपछि पौडेल कोटेश्वर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका थिए।