म मन्त्री बन्ने नबन्ने निश्चित नभए पनि पार्टी सरकारमा जान्छः सीके राउत

सोमबार, ११ पौस २०७९

काठमाडौं— जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू मन्त्री बन्ने नबन्ने निश्चित नभए पनि पार्टी सरकारमा जाने बताए ।

साथैअध्यक्ष राउतले नयाँ पार्टीहरू फस्दै गएको टिप्पणी गरेका छन् । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले सो कुरा बताएका हुन् । राउतले नयाँ सरकारमा जाने निर्णय गरेलगत्तै यस्तो अभिव्यक्ति दिएका हुन् । ‘जनताले हामीबाट ठुलो आशा गरेका हुन्छन् । खासगरी नयाँ पार्टीहरुमा त्यो आशा बढी नै हुन्छ । तर, जुन तरिकाले हामी फस्दै गरेको आभास भैरहेको स्थिति छ त्योप्रति मेरो वितृष्ण जागेको हो । मैले त्यो अभिव्यक्त पनि गरेको हो’, राउतको भनाइ छ । उनले थप भने, ‘आशा छ हामी यसबाबट कसरी बच्न सक्छौ र जनताको आशालाई कसरी कायम राख्ने भन्नेतिर हाम्रो ध्यान रहनेनैछ ।’ उनले आफुले सकेसम्म जनताको आशाप्रति खरो निर्णयको पक्षमा उभिने निर्णय लिएको पनि बताए ।

उनले प्रदेशमा मुख्यमन्त्रीको दावी रहने भन्दै सल्लाह भइरहेको पनि बताए ।