प्रचण्डद्धारा बालुवाटारमा कुनै पनि नयाँ तथा भड्किलो सामान खरिद नगर्न निर्देशन
काठमाडौं— नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि नयाँ तथा भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् ।
प्रचण्डले सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई निर्देशन गरेको स्वकिय सचिव रमेश मल्लले बताए ।
प्रचण्ड एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।