कति छ नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको तलब ?
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले झण्डै ५० लाख रुपैयाँ तलब भत्ता स्वरुप बुझ्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार गभर्नर अधिकारीले राष्ट्र बैंकबाट झण्डै ५० लाख रुपैयाँ बुझेका हुन् ।
नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरले मासिक तलबभत्ता र अन्य सेवासुविधा गरी ४९ लाख ५ हजार २ सय ५५ रुपैयाँ बुझेका हुन् । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीलाई १४ लाख १८ हजार ४०० रुपैयाँ तलब, ३ लाख ५ हजार बैंठक भत्ता र ३१ लाख ८१ हजार ८ सय ५५ रुपैयाँ भुक्तानी गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख्य छ ।
गत आर्थिक वर्षको राष्ट्र बैंकले गभर्नर र डेपुटी गभर्नको तलब तथा सञ्चालकको बैठक भत्ता सहित सेवासुविधा वापत १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ ।
