माछापुच्छ्रे बैंकद्वारा भैरबनाथ मन्दिर परिसरमा क्यु. आर. कोड सेवा सञ्चालन
काठमाडौं— डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लि.ले पाल्पा स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ । बर्सेनि थुप्रै भक्तजनहरु आउने गरेका उक्त भैरबनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो ।
डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंक लि. ले पाल्पाको पवित्र तीर्थ स्थल भैरबनाथ मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यु आर कोड हस्तान्तरण गरेको कुरा मंगलबार एक प्रेस बिज्ञप्ति जारी गर्दै बैंकले जानकारी दिएको हो । उक्त क्यु.आर कोड रिब्दीकोट गाउँपालिकाका अध्यक्ष श्री नारायण बहादुर कार्की र माछापुच्छ्रे बैंक लि.का लुम्बिनी प्रदेश नं ५ क्लस्टर ए का प्रमुखश्री नारायण के.सी ज्यु मार्फत भैरबनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्षश्री गोबिन्द प्रसाद पोखरेल ज्युलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो । सो कार्यक्रममास्थानीय समाजसेवी, बुद्धिजीवि, व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
मन्दिरमा आउने दशनार्थीहरुले क्यु.आर कोडबाटै भेटी चढाउन भन्ने उद्देश्यको साथ यो सेवा संचालनमा आएको हो । दशनार्थीहरुले क्यु.आर कोड सेवा निशुल्क प्रयोग गर्न सक्नेछन । नगदको विकल्पका रुपमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण अहिले क्यु आर कोडको प्रयोग आम मानिसमा बढ्दै गईरहेको पाइन्छ ।
बैंकले डिजिटल सेवालाई सुरक्षित र भरपर्दाे बनाउन इत्ए उबककधयचमलगायत अन्य बैंकिङ्ग विवरण कसै संग पनि सेयर नगर्न अपिल गरेको छ ।
