राष्ट्रिय सभाका सदस्यहरुको विद्युतीय हाजिरी हुने
काठमाडौं— राष्ट्रिय सभाका सदस्यहरुको विद्युतीय हाजिरी हुने भएको छ । २५ पुस संघीय संसदको अधिवेशन सुरू भए संगै पहिलो बैठकबाटै राष्ट्रिय सभा सदस्यहरुको विद्युतीय हाजिरी हुने भएको हो ।
संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रिय सभा सदस्यहरुको हाजिरी पहिलो बैठकबाटै विद्युतीय हुने पक्का भएको छ । त्यसका लागि सचिवालयले हाल प्रत्येक राष्ट्रिय सभा सदस्यहरुको ल्याप्चेलाई हाजिरी यन्त्रमा समावेश गर्ने कार्य चलिरहेको छ ।