आत्तिएर कहिल्यौ निर्णय नगरौं
काठमाडौं — एउटा ठूलो जंगलमा एउटा मृग बस्थ्यो । एकदिन त्यो मृग चरिरहेको थियो । अचानक जगंलमा ठूलो आगो लाग्यो । आगो लागेपछि त्यो मृग भाग्न थाल्यो । भाग्दै अगाडि जाँदा उसको अगाडि एउटा ठूलो नदी आयो । यति ठूलो थियो कि उ अगाडि जाम भने नदी तर्न नसक्ने अवस्था छ, अनि पछाडि जाम भने आगोमा पर्ने भयो ।
तब मृग दाहिने पट्टी जाने निधो गर्यो त्यहाँ पनि एउटा सिंह उसलाई झम्टिन भनेर ठिक्क परेर बसेको थियो । अनि उ फेरी देब्रे पट्टी भाग्न खोज्यो । उसले त्यता पनि एउटा शिकारी बन्दुक लिएर बसिरहेको देख्यो । अब त्यो मृगलाई दुबिधा भयो, चिन्तामा पर्यो । पछाडि डढेलो लागि रहेको छ, अगाडि विशाल नदी छ, दाहिने बाघ, अनि देब्रे शिकारी । अब के गर्ने कतै पनि बाटो छैन । सबैतिर मृत्यु छ ।
उसले सो समस्यालाई डटेर समाधान गर्ने कुरा सोच्यो, अनि त्यहि भगवानको नाम लिएर उभिरहने निधो गर्यो । म उभिएको ठाँउमा सिंह पहिला आईपुग्छ, उसले मलाई खान्छ । शिकारी आँउछ उसले लिएर जान्छ ।पछाडिको आगो आईपुग्छ त्यो आगोले मलाई जलाउँछ । अगाडि म हाम फाल्न सक्दिन । यहि बस्छु भनेर उसले भग्वानलाई सम्झिन थाल्यो ।
तपाईले दिनु भएको जिन्दगी प्रभु आज तपाईले नै लैजानु हुन्छ । म जति समय बाँचे रमाइलोसँग बाँचे तर आज मेरो जिन्दगीको अन्त्य हुदै छ । मलाई जन्माउनु, हुर्काउनु भएको तपाईले नै हो अनि मृत्यु पनि तपाईकै हातमा छ जुन मलाई सहर्स स्विकार्य छ । तपाईलाई जे मन छ त्यही गर्नुहोस्, म यहि डटेर बस्नेछु । मृग त्यहि बसिरह्यो । त्यसको केही समय पछि ठूलो हावा हुरी आयो, चट्याङ पडकिन थाल्यो, साथै ठूलो पानी पर्न थाल्यो । त्यो ठूलो पानी परे पछि पछाडिको आगो निभाई दियो ।
जब चट्याङ पर्यो तब शिकारीको बन्दुक ताकेर हानेको गोली छलिएर सिंहलाई गएर लाग्यो । सिंहलाई गोली लागिसकेपछि शिकारी आत्तिएर त्यहाबाट भाग्यो । र ठूलो हावा चलेको हुनाले रुख लडेर दुई ठाँउमा भाँचिएर खसि तल खसेर पुलको रुप लियो । मृगले पछाडि हेर्यो आगो निभिसकेको थियो, दाहिने पट्टीको सिंह गोली लागेर घाइते भईसकेको थियो, देब्रे पट्टीको शिकारी सिंहको डरले भागी सकेको थियो, अनि खोलामा हेर्यो रुख लडेर पुल बनि सकेको थियो जसबाट सजिलै वारीपारी गर्न सकिन थियो ।
मानव जीवन पनि ठ्याक्कै यहि मृगको कहानीसँग मिल्दो जुल्दो छ । हामी पनि कोही बेला चारै तिर बाट समस्याबाट घेरिएको हुन्छ । त्यो बेला आत्तिएर कुनै पनि निर्णय लिनु भन्दा समस्याको समाधान डटेर गर्नु नै राम्रो हुन्छ ।