जित बहादुर खड्का नेपाल कम्युनिस्टमा प्रवेश

शुक्रबार, २२ पौस २०७९

काठमाडौं— त्रियुगा ना.पा ३ का जित बहादुर खड्काले हिजो नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छ्न। उनलाई बिहिबार एउटा कार्यक्रममा जिल्ला इन्चार्ज, सेक्रेटरीले स्वागत गरी पार्टीमा प्रवेश गराएका थिए।

उनि लामो समय सम्म निजामती कर्मचारीमा काम गर्दै आएका छन् र बिगत दश बर्ष देखि जनयुद्धमा नेपाल कम्युनिस्ट पार्टी माओवादीमा आबद्ध भएर काम गर्दै आएका छन् । हिजो एक कार्यक्रमको बिच नेपाल कम्युनिस्ट पार्टी मा प्रवेश गर्दै उनले भने, ‘माओवादी को नाममा अहिले दलालहरुले लुटि खाने भाडो बनाए, आज देशमा ठुलो संकट आई पर्दा पनि सत्ता र कुर्सीको लोभमा आफ्नो ईतिहासलाई बिर्सेर दलाल संसदीय ब्यबस्थालाई नै मलजल हुने गरि आज आफै दलाल र भ्रष्टाचारमा लिप्त भएर सहिदको रगतको अपमान गर्दै देशलाई नै बिदेशी करण गर्न लिप्त भएका प्रचण्ड ले अब क्रान्ति गर्न नसक्दैन्न।’

उनलाई पार्टीमा स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य तथा उदयपुर, ओखलढुंगा जिल्लाका जिल्ला ईन्चार्ज र जिल्ला सेक्रेटरी ले अबिर खादा लगाएर पार्टीमा प्रबेश गराएका थिए। सोही कार्यक्रममा जिल्ला इन्चार्ज कमरेड विवेक सी ले जतिसक्दो छिटो सामाजिक दलाल संसदीय व्यवस्थाको समुलनष्ट गरी बैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नुपर्ने भएकोले सिंगो देश एकीकृत जनक्रान्तिमा हुमिनुपर्ने धारणा राखेका थिए र कमरेड जित बहादुर खड्काले समयमै बुझेर पार्टी प्रवेश गरेकोमा धन्यवाद दिदै स्वागत गरेका थिए।