सिलाई व्यवसायी संघ काठमाडौंको अध्यक्षमा युवा व्यवसायी राज कार्की चयन

आइतबार, २४ पौस २०७९

काठमाडौं— २१औं साधारणसभा एवं अधिवेशनबाट नयाँ नेतृत्वको कार्यसमितिमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौं जिल्लाको अध्यक्षमा युवा व्यवसायी राज कार्की सर्वसम्मत चयन भएका छन् ।

कार्यसमितिको उपाध्यक्षमा उद्धव थापा मगर, सचिवमा बासुदेव पौडेल, सहसचिवमा विनोद छिनाल, कोषाध्यक्षमा लालु बैजू, सहकोषाध्यक्षमा रघुनाथ दाष निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा भीम दर्नाल, दीपक परियार, संगिता लामिछाने, मृदुला शर्मा, झलककुमारी बगाले, देउरुपा थापा, बिनु श्रेष्ठ, सुशीला श्रेष्ठ, पार्वती भट्टराई, नविन नेपाली र आयुष परियार छन् ।

कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । उद्घाटन कार्यक्रम निबर्तमान अध्यक्ष चन्द्र रणपहेलीको अध्यक्षतामा भएको थियो ।

व्यावसायिक हकहितका क्षेत्रमा आफूहरुले काम गर्ने नवनिर्वाचित अध्यक्ष कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति आभार व्यक्त गर्दै उनले सबैको भावनालाई समेटेर संस्थाको नेतृत्व गर्ने पनि बताए ।