भैंसेपाटीको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट

शुक्रबार, १० फाल्गुन २०७५

फागुन १० काठमाडौं– भैंसेपाटीको नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि विष्फोट हुँदा ३ जना घाइते भएका छन्।

घाइते हुनेमा आरुसा मानन्धर, प्रतीक्षा खड्का र सिंह प्रसाद गुरुङ रहेको डिएसपी अपिल बोहराले जानकारी दिए।

घाइतेहरूको मेडिसिटी, बि एन्ड र अल्का अस्पतालमा उपचार भइरहेको छ।

 घटना कसरी भयो भन्ने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ