सहमति र सहकार्य गर्दै अघि बढ्ने छौंः देउवा
काठमाडौँ— नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथि छलफलमा भाग लिदै देउवाले सहमति र सहकार्य गर्दै अघि बढ्ने बताएका छन्। साथै उनले गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोध गर्ने कुरा पनि बताए।
अहिलेको निर्वाचन प्रणालीअनुसार सरकार निर्माण गर्न गठबन्धन आवश्यक भएको बताए। उनले कांग्रेसले सरकारलाई स्थायित्वका लागि प्रचण्डलाई विश्वासको मत दिने बताए।
बहुमत सांसदसहित सत्ता साझेदार दलको समर्थनमा प्रधानमन्त्रीमा दावी गरेकाले प्रचण्डलाई विश्वासको मत पाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
उनले हिजोको संसद बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइ प्रति आफ्नो ध्यानाकर्षण भएको बताए।