संसदमा कुनै खालको तमासा गर्न बाँकी छैनः उपेन्द्र यादव

बुधबार, २७ पौस २०७९

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदमा कुनै खालको तमासा गर्न बाँकी नरहेको बताए ।

उनले विकृत शासकीय प्रणालीमा सुधार आवश्यक रहेको कुरा पनि बताए ।

पार्टीको केन्द्रीय कार्यालयमा मधेश प्रदेश विशेष जिल्ला समितिद्वारा आयोजित प्रतिनिधिसभाका सांसदहरुलाई बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष यादवले उक्त कुरा बताएका हुन ।

“विकृत शासकीय प्रणालीमा सुधार नल्याउने हो भने न राजनीतिक स्थिरता, न विकास न सङ्घीय प्रणालीलाई सुदृढ गर्न सकिन्छ,” यादवले भने ।

अध्यक्ष यादवले भने, ‘‘९० सिट ल्याउने पार्टी बाहिर छ, ३२ सिट ल्याउने पार्टी सरकारको नेतृत्वमा छ योभन्दा शासकीय प्रणालीको विकृत रुप अरु के हुन सक्छ?”