काठमाडौँको कमलपोखरीमा भेटिएको शंकास्पद वस्तु विस्फोटक

शुक्रबार, १० फाल्गुन २०७५

काठमाडौँ- काठमाडौँको कमलपोखरीमा भेटिएको शंकास्पद वस्तु विस्फोटक सामग्री भएको पाईएको छ।

सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्दा उक्त वस्तु पड्किएको थियो। शुक्रबार साँझ झोलामा प्रेसर कुकर राखिएको पाईएपछि त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईएको थियो।

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अघि भएको बम विस्फोटको एक घन्टा पनि बित्न नपाउँदै कमल पोखरीमा उक्त शंकास्पद वस्तु भेटिएको हो। नख्खु घटनामा तीन जना घाइते छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भिर छ।