प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने

शनिबार, ३० पौस २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु छिट्टै भ्रमणमा जाने बताएका छन् ।

शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफु छिट्टै भारत भ्रमणमा जाने बताएका हुन् । कुराकानिका क्रमामा भारतस्थित नेपाली दूतावासले त्यसको तयारी गरिरहेको समेत जानकारी दिएका छन् ।