रास्वपालाई उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । रास्वपा स्रोतको अनुसार उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने सत्ता साझेदार दलमा सहमति बनेको हो ।
रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा गइसकेका छन् । यद्यपी, यसलाई गठबन्धनले औपचारिक निर्णय गरेको छैन ।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी छ । बैठकले भागवण्डा टुंग्याउने तयारी छ । दिउँसो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भागबण्डाको लगभग सहमति भइसकेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा