आगामी कार्ययोजना निर्माण गर्न नेकपा केन्द्रीय समिती बैठक बस्दै
काठमाडौँ – पार्टी केन्द्रीय कार्यलय कपिलवस्तुमा नेपाल कम्युनिस्ट पार्टी नवौं महाधिवेशनको तेस्रो पूर्ण केन्द्रीय समिति बैठक आजबाट बस्दैछ। पार्टी कामको मुल्यांकन र आगामी कार्ययोजना निर्माण गर्नका लागि बैठक बस्न लागेको हो ।
मङ्गलबारबाट कपिलवस्तु स्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने तेस्रो पूर्ण बैठक आज बिहान ९ बजेबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कमिटी सदस्य गोकुलले जानकारी दिए ।
नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले निर्वाचित गरेको १ सय २६ सदस्यीय केन्द्रीय समितिको प्रथम बैठकले पार्टी महासचिव, ६ सदस्यीय स्थायी कमिटी र पोलिटब्युरो चयन गरेको थियो भने महाधिवेशन लगत्तै बसेको दोस्रो बैठकले मङ्सिर ४ गतेको संसदिय चुनावको खारेज गर्ने कार्यनीति सहित कार्ययोजना निर्माण गरेको थियो।
नेकपाको गत असोज २५ देखि कार्तिक २ गतेसम्म भएको महाधिवेशन पछिको यो तेस्रो बैठक भएको कुरा एक केन्द्रीय सदस्यले जानकारी दिएका छन।