सार्वजनिक भयो सभामुख निर्वाचनको कार्यतालिका

मंगलबार, ३ माघ २०७९

काठमाडौं – संसद सचिवालयले माघ ५ मा  हुने सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। माघ  ५ गते हुने निर्वाचनका लागि सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो।

प्रतिनिधिसभा सदस्यहरूले बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन्। मनोनयन संसद भवनको ल्होत्से हलमा हुनेछ।

बुधबार नै उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ। बिहीबार बिहान ११बजे बस्ने बैठकमा सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि छलफल र निर्णयार्थ प्रस्तुत हुनेछ।

पुस १० मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि एमाले र माओवादीबीच सभामुख एमालेले लिने सहमति भएको छ।