विस्फोटबारे बुझ्न एनसेलका दुई सुरक्षागार्ड पनि प्रहरी नियन्त्रणमा
फागुन ११, काठमाडौँ- ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि एकजनाको ज्यान जाने गरी शुक्रबार भएको विस्फोटबारे बुझ्न प्रहरीले एनसेेलमा कार्यरत दुई सुरक्षागार्डलाई पनि नियन्त्रणमा लिएको छ।
उनीहरुलाई शनिबार नियन्त्रणमा लिइएको हो।
‘घटनाबारे बुझ्न उनीहरुलाई नियन्त्रणमा लिएका हौँ,’ ललितपुर प्रहरीका अधिकारीले भने।
शुक्रबार साँझ साढेसात बजेतिर भएको घटनामा घाइते भएका तीन जनामध्ये एकको शनिबार मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।