उपसभामुखमा सोविता गौतम पक्का, ओलीले भने भोलीका लागि तयार रहनुस्
काठमाडौं – सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम पक्का जस्तै भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको छलफल भएपछि उपसभामुख पक्का भएको हो ।
भोलि हुने उपसभामुखको उम्मेदवारी दर्ताको विषयमा प्रचण्ड र ओलीसँग गौतमको छलफल भएको छ ।
छलफलका क्रममा ओलीले गौतमलाई भोलिको लागि तयार रहन भनेका थिए ।
ओलीको भनाइ उद्रित गर्दै स्रोतले भन्यो, ‘तपाईंको राम्रो छ । भोलिको लागि तयार रहनुस् ।’
यद्यपी, रास्वपाले उपसभामुख पाएपछि औपचारिक रुपमा उम्मेदवार टुंग्याएको छैन । उपसभामुखको उम्मेदवार छान्न भोलि बिहान संसदीय दलको बैठक बोलाएको छ ।
तर, प्रधानमन्त्री प्रचण्ड र ओलीसँग भेटेपछि उपसभामुखमा गौतम पक्का भएको हो ।