सभामुख घिमिरेले बुझाए राजीनामा

शुक्रबार, ६ माघ २०७९

काठमाडौं— प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले राजीनामा दिएका छन् ।

सभामुख निर्वाचित भएपछि उनले एमाले पार्टीबाट आफूलाई अलग राख्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।

राजीनामामा लेखिएको छ, ‘म प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्नका लागि नेकपा एमालेको पार्टी सदस्यता र पार्टी सम्वद्ध सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।’