साँच्चैको मेगा बन्यो ‘वानअप’ को मेगा एजुकेशन फेयर, शनिबार पनि चल्ने

शुक्रबार, ६ माघ २०७९

काठमाडौँ – आजबाट सुरु भएको मेगा एजुकेशन फेयर (मेगा शैक्षिक मेला) मा विद्यार्थीको ओइरो लागेको छ । विदेश अध्ययन सम्बन्धी परामर्श दिने उद्येश्यले काठमाडौँको एभरेष्ट होटलमा सुरु भएको मेलामा विद्यार्थीको ओइरो लागेको हो । विहान ११ बजेदेखि सुरु भएको मेलामा १५ सयभन्दा धेरै विद्यार्थीको सहभागीता रहेको थियो । जम्मा ३४ वटा स्टल रहेको मेलामा दस देशका ५० बढि विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहेको छ ।

विदेश अध्ययनको योजना बनाएर शैक्षिक परामर्श केन्द्रको खोजिमा रहेका विद्यार्थीहरु यसबाट लाभाम्बित भएका छन् । मेलामा अस्ट्रेलिया, क्यानडा, अमेरिका, न्युजिल्याण्ड, बेलायत, जापान, भारतलगायत विभिन्न युरोपेली मुलुकका विश्वविद्यालय तथा कलेजहरुले प्रत्यक्ष परामर्श दिएको मेला आयोजक संस्था वानअपले जनाएको छ ।

एकै ठाउँमा विद्यार्थीले फरक–फरक देश र फरक–फरक शैक्षिक संस्थाको बारेमा जानकारी पाउने भएकाले विद्यार्थीका लागि मेला निकै लाभदायी भएको वानअपका संचालक रवि झाले बताए । ‘हाम्रो एउटा मात्र उद्येश्य विद्यार्थीलाई एकै ठाउँमा अब्रोड स्टडी सम्बन्धी सम्पूर्ण सेवा दिने हो ।’, झाले भने, ‘विद्यार्थीको उत्साहजनक सहभागीताले हामीलाई पनि उत्साहित बनाएको छ । विद्यार्थी पनि सहि परामर्श पाउँदा खुशी भएको देखेको छु ।’

मेलामा आफ्नो शैक्षिक योग्यता र आर्थिक हैसियत अनुसार शैक्षिक संस्था छान्न मिल्ने भएकाले पनि विद्यार्थीको आक्रषण बढेको छ । मेलामा विद्यार्थीका लागि विभिन्न खालका अफरहरुसमेत राखिएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई मेगा एजुकेशन फेयर निकै ठूलो सहयोगी बनेको विद्यार्थीहरुको भनाई छ । मेलामा सहभागी विद्यार्थीले आफूहरुले सोचेभन्दा राम्रो जानकारी पाएको भन्दै यो मेलाले आफ्नो भविश्य उज्वल बनाउने प्रतिक्रिया दिएका छन् ।

मेलाको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले गरेका थिए । मेलाको उद्घाटन गर्दै अध्यक्ष पाण्डेले विद्यार्थीका लागि यो मेला निकै लाभदायी हुने जिकिर गरे । मेला शनिवार बेलुका ५ बजेसम्म चल्ने आयोजक संस्था वानअपले जनाएको छ ।