आत्मदाह हिजो देखिको निराशा र पीडाले निम्त्याएको परिणाम हो –गृहमन्त्री

बुधबार, ११ माघ २०७९

 

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था हिजो देखिको निराशा र पीडाले निम्त्याएको परिणाम भएको कुरा बताएका हुन् ।

गृहमन्त्री लामिछानेले उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको दोष आफ्नो भएको बताएका छन् ।

उनले भनेका छन्, दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन । आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौँ । हामीलाई माफ गर्नु होला ।

यस्तो छ उनले लेखेको स्टाटस

एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ।

मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन।

यसमा हामी दोषी छौँ, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकिनौ, हामीलाई माफ गर्नु होला। तपाईँको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।