आफ्नै आँगनमा विद्यार्थी नेता जुधाएर कांग्रेस नेताले झ्यालमा बसेर हाँस्दै हेरे!

मंगलबार, १४ फाल्गुन २०७५

फागुन १४, काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा दुई खेमामा विभाजित विद्यार्थी नेताबीच भएको कुटाकुटको विषय अहिले चर्चामा छ । पार्टी कार्यालयमै विद्यार्थीबीच कुटाकुटा हुँदा कांग्रेस नेता मौन शीर्षकको मुख्य समाचार नयाँ पत्रिकाले छापेको छ ।

दुई पक्षबीचको झडपले उग्ररुप लिँदै नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गर्नुपर्ने अवस्था आउँदा पनि कांग्रेस नेतृत्व भने मौन रह्यो । कांग्रेस नेता कृष्ण सिटौलाले यो समस्या समाधान गर्न नेतृत्वले नचाहेको भन्दै बैठकमा नेविसंघको झगडा हामीले झ्यालमा बसेर हाँस्दै हेर्‍यौ । समस्या समाधानका लागि कुनै उपाय निकालेनौ भनेका छन् । यो विषयमा नेताहरु गगन थापा, प्रदीप पौडेलले केन्द्रीय समितिमा कुरा उठाउन खोजेपनि सभापति देउवाले यस विषयमा बोल्न जरुरी छैन भन्दै रुलिङ नै गरेको एक केन्द्रीय सदस्यले बताएका छन् ।