अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा. राम मैनाली सम्मानित
काठमाडौं— नेपाल चेम्बर अफ कमर्सको ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसर पारेर भन्सार विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो ।
बिहिबार एक प्रेश विज्ञप्ति जारी गर्दै नेपाल चेम्बर अफ कमर्सले काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्र सहित निर्देशक मैनालीलाई सम्मान गरेको कुरा बताएको हो । लामो समय सम्म अर्थमन्त्रालयमा रसुवा भन्सार प्रमुखका रुपमा काम गरेका अध्यक्ष मल्लले भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले मैनालीलाई ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको बताए ।
सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि ब्यापार सहजीकरण हुनुपर्ने कुरा पनि बताए । भन्सारमा सन्दर्भ मुल्य भन्दा पनि कारोबार मुल्यलाई मान्यता दिनुपर्ने र भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाई छ । अध्यक्ष मल्लले बिल बिजक लिने दिने कार्यलाई बाध्यकारी बनाउनुपर्ने भन्दै करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्ने पनि बताए । भन्सार नाकाहरुमा अन्तराष्ट्रिय स्तरको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिदैं सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाएको र भन्सार प्रशासनमा पनि डिजीटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताए । ।
सम्मान कार्यक्रममा अर्थसचिव रायले भन्सार नाकाहरुमा कारोबार मुल्यलाई कायम गर्न समस्या नरहेको बताए । भन्सार सुधारको आवश्यक्ता आफुलाई पनि महसुस भएको भन्दै रायले मुलुक विश्व व्यापार संगठन डब्लुटीओको सदस्य भईसकेको अवस्थामा सोही अनुसारको अन्तराष्ट्रिय मुल्य मान्यतालाई कायम गर्नुपर्ने रायले बताए । भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले विभागद्वारा डिजिटलाईजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको र भन्सार नाकाहरुबाट व्यापार सहजीकरणका लागि काम भईरहेको कुरा प्रष्ट पारे ।
भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।