एनओसी शाखाले बिहिवार ४३४ बिद्यार्थीहरुलाई वितरण गर्यो एनओसी सर्टिफिकेट

बिहिबार, १२ माघ २०७९

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको एनओसी शाखाले एनओसी वितरण कार्यलाई ब्यबस्थित गर्दै एनओसी लिन आउने बिद्यार्थीहरुलाई द्रुत गतिमा एनओसी वितरण गरिरहेको छ।

एनओसी शाखाका शाखा प्रमुख नेपाल सरकारका उपसचिव बासुदेव वस्तीले दिन प्रतिदिन आफ्नो जिम्मामा रहेको शाखालाई सुब्यवस्थित गर्दै बिद्यार्थीहरुलाई सहजता प्रधान गरि एनओसी बितरण गरिएको बताएका हुन्।

हिजो माघ ११ गते ४४३ जना विद्यार्थीलाई एनओसी दिएको शाखाले बिहिवार सरस्वति पुजाका कारण टाइम कार्डको संख्याभन्दा कम बिद्यार्थीलाई एनओसी वितरण गरेको हो । वस्तीका अनुसार आज सरस्वति पुजा भएका कारण सार्वजनिक बिदा होकी भन्ने कन्फ्युजनले ७०१ जना बिद्यार्थीहरुको टाइम कार्ड भएपनि ४३४ बिद्यार्थी मात्र एनओसी लिन उपस्थित भएको बताए।