भौतिक पूर्वाधार मन्त्री यादवद्वारा पदभार ग्रहण

शुक्रबार, १३ माघ २०७९

काठमाडौं _ मधेस प्रदेशका भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छन्। गत मंसिर २९ गते विना विभागीय मन्त्रीको हैसियतमा शपथ ग्रहण गरेका मन्त्री यादवले १५ दिन पछि विभागीय मन्त्रीको रुपमा आज पदभार ग्रहण गरेका हुन्।

भौतिक विकास पूर्वाधार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री यादवले मधेस प्रदेश अन्तर्गतका सातै यातायात व्यवस्था कार्यालयमार्फत छिटो छरितो कार्य गर्न टोकन प्रणालीमार्फत काम गर्ने गराउने निर्णय गरेका छन्।