रवि लामिछानेले बुझाए प्रधानमन्त्री समक्ष राजीनामा

शुक्रबार, १३ माघ २०७९

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष राजीनामा बुझाएका छन् । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको छ ।