प्रेम आचार्य आत्मदाह प्रकरणमा उपेन्द्र महतोसँग प्रहरीले लियो बयान

मंगलबार, १७ माघ २०७९

काठमाडौँ  –  इलामका प्रेम प्रसाद आचार्यद्वारा आत्मदाह र मृत्यु प्रकरणमा प्रहरीले व्यवसायी तथा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग बयान लिएको छ ।

मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले महतोसँग बयान लिएको हो । आचार्यले आत्मदाहअघिको आफ्नो फेसबुक स्ट्याटसमा महतोको नाम पनि लिएको र यस विषयमा यथार्थ जानकारीका लागि प्रहरीले बयान लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले महतोसँग मंगलबार बयान लिइएको पुष्टि गरे ।

आचार्यले उपेन्द्र महतो र डा: समता प्रसादले नेपालमा चलाएको नेपाल ग्रामोध्योग भन्ने कम्पनीलाई आफूले प्रकृति ब्राण्डमा घ्यु बनाएर दिएको उल्लेख गरेका थिए । तर, पछि भुक्तानी दिन अनेक बहानाबाजी गरेको उनले उल्लेख गरेका थिए ।