रवि लामिछाने भनेको देशद्रोही हो, अन्तर्राष्ट्रिय ठग होः युवराज पौडेल

बुधबार, १८ माघ २०७९

 

काठमाडौं— अभियन्ता युवराज पौडेल (सफल)ले रवि लामिछाने देशद्रोही भएको बताएका छन् ।
‘रवि लामिछाने भनेको देशद्रोही हो, अन्तर्राष्ट्रिय ठग हो, अन्तर्राष्ट्रिय गिरोह हो । उसको संरक्षण केपी ओलीले गरेका छन् । अझै पनि गृहमन्त्री बनाउनुपर्छ भनिरहेका छन् । एउटा व्यक्तिले दुई देशको नाागरिकता र राहदानी राख्न पाइन्छ? अमेरिकी नागरिकलाई नेपालको जासुसी गर्ने अधिकार छ? गृह मन्त्रालयमा रहँदा उनले कति करोड खाएर अध्यागमन विभागको डीजी फेरे? कति खाएर काठमाडौंको एपी सरुवा गरे? म प्रश्न गर्न चाहन्छु । रवि लामिछाने अब जेल जान्छ । उसले कसुर गरेको छ । जेलबाट निस्केर जेसुकै बनोस्,’ पौडेलले भने ।

रविलाई एमाले अध्यक्ष केपी ओलीले काखी च्यापेको आरोप पनि उनले लगाए । पौडेलले भने, ‘म रविलाई मात्र होइन, १४ जनाको घाँटी रेटेर हत्या गर्ने केपी ओली र पाँच हजार जनाको हत्या गर्ने मार्ने प्रचण्डविरुद्ध पनि मुद्दा हाल्दैछु । ओली र प्रचण्ड गद्दार हुन् । देशद्रोही रविलाई एमाले अध्यक्ष केपी ओलीले किन काखी च्यापे? हजारौं वर्ष नेपालमा बसेकाले नागरिकता नपाउने तर रविले एक घन्टामै पाउने? काठमाडौंका सीडीओ किन थुरथुर कामेका छन्?’

तपाईं रवि लामिछानेविरुद्ध किन यसरी लागिरहनुभएको छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘युवराज सफल एक्लै लडिरहेको छ । जीवनभरि लडिरहन्छ । युरोपियन युनियन, अमेरिका, ओली एन्ड दाहाल कम्पनीलगायत भ्रष्ट, दलाल, तस्कर, माफियाका नाइकेहरु रविको पक्षमा लागिरहेका थिए । उनीहरु परास्त भएका छन् । यो मुलुकमा सर्वोच्च अदालत पनि रहेछ । न्यायमूर्तिहरु पैसा र धम्कीसँग डराउँदा रहेनछन् । उनीहरुलाई उच्च सुरक्षा दिनुपर्छ भन्ने मेरो माग छ ।’