हुलास स्टिल खरिद गर्दा ‘लखपती’ बन्ने ‘अवसर’
काठमाडौँ – हुलास स्टिलले हुलास जस्तापाता खरिद गर्ने ग्राहकका लागि विशेष अफर ल्याएको छ । स्टिलले हरेक दिन ३ बण्डल जस्तापाता खरिद गर्ने ग्राहकहरुका लागि लखपती बन्ने अवसरसहितको अफर ल्याएको हो ।
यो योजना २०७९ साल माघ १५ गतेदेखि चैत्र १५ गतेसम्म मात्र लागु हुने छ । न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिद गर्ने ग्राहकले लक्की–ड्र मा सहभागी हुन उपलब्ध गराइएको कुपन र भ्याट बिलको फोटो खिचि एक–एक प्रति ९८०१२१२६२६ नम्बरमा WhatsApp वा Viber मा अनिवार्य पठाउनु पर्ने छ । एउटा भ्याट विल र कुपन एक पटक मात्रै प्रतिशपर्दाका लागि मान्य हुने हुलाु स्टिलले जनाएको छ ।
साथै, पुरस्कार प्राप्त गरेका कुपनहरु बाहेक अरुले योजना अन्र्तगत पठाएका कुपनहरु योजना अवधिभरका हरेक लक्की ड्र मा समावेस गरिने आयोजकले जनाएको छ । ‘यस योजनामा सहभागी हुनका लागि हुलास जस्तापाताको आधिकारिक डिलर, शाखा कार्यालय, डिपो तथा बिक्रेताबाट मात्र खरिद गर्नु पर्ने, खरिद बमोजिम भ्याट बिल अनिवार्य लिएको हुनपर्ने कम्पनीको सूचनामा जनाइएको छ ।
कम्पनीले न्युनतम ३ बण्डल हुलास जस्तापाताको खरिदमा कम्पनिबाट एउटा भाग्यशाली कुपन उपलब्ध गराइने छ । सो भन्दा बढी खरिद गरिएको खण्डमा भ्याट बिलमा उल्लेखित संख्या बमोजिम ६ बण्डलमा २ वटा, ९ बण्डलमा ३ वटा अनुरुप हरेक ३ बण्डलको गुणनको हिसाबमा थप १ कुपन कम्पनिले लक्की ड्रमा सामिल गरीदिनेछ ।
योजना अवधीभर हरेक दिन हुलास स्टिलको आधिकारिक Facebook page – Hulas बाट लक्की ड्र मार्फ २ जनालाई प्रति व्यक्ति रु. १ लाख नगद उपहार घोषणा गरिनेछ जनाइएको छ । हुलास स्टील लखपति मा पहिलो दिनको विजेतामा कृष्ण अधिकारी कुपन नÞ ७०५१ (बिकेता मिलन हार्डवेयर—भरतपुर, चितवन मार्फत) र भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समिति कुपन न ६५५१ (बिकेता धौलागिरी सप्लायर्स—नारायणगढ, चितवन मार्फत) चयन भएका छन् ।
