प्रतिनिधिसभा सदस्यका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन

बिहिबार, १९ माघ २०७९

काठमाडौं— प्रतिनिधिसभा सदस्यका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदैछ । संसद् सचिवालयका अनुसार नवनिर्वाचित सांसदलाई संसदबारे जानकारी दिन कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रम आज बिहान ११ बजेदेखि सुरु हुनेछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा हुने कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ ।