सपथग्रहण गरेको २०औं दिन बितिसक्दा पनि मन्त्रीहरुले पाउन सकेन्न कुनै जिम्मेवारी

बिहिबार, १९ माघ २०७९

काठमाडौं— २७ पुसमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले तीन सदस्यीय मन्त्रिमण्डल विस्तार गरे । रावलले २८ पुसमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलको उपनेता सन्तोश शर्मा थापालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

२८ पुसमा प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको सपथग्रहण गरे भने सोही दिन दुवै जना मन्त्रीले पनि सपथग्रहण गरेका थिए ।

तत्काल कुनै जिम्मेवारी नतोकिएका मन्त्रीद्धय भट्ट र थापा नियुक्त भएको २० दिन पुगिसक्यो तर मुख्यमन्त्रीले उनीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन् ।

अहिले मुख्यमन्त्री कार्यालयसँगै अन्य ६ वटा मन्त्रालयको जिम्मेवारीसमेत स्वयंम रावलले सम्हालिराखेका छन् ।