बाबुराम भट्टराई छेपारो भन्दा वढी रंग फेर्ने नेता भएको प्रेम सुवालको आरोप

शुक्रबार, २० माघ २०७९

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले बाबुराम भट्टराई छेपारोले भन्दा वढी रंग फेर्दै हिड्ने नेता भएको आरोप लगाएका छन्।

भट्टराई छेपारो भन्दा वढी रंग फेर्ने नेता भएकोले त्यस्ता नेतालाई राष्ट्रपति बनाएर देशको हित नहुने भन्दै यस्तो आरोप लगाएका हुन्।

पार्टी निकटको नेपाल क्रान्तिकारी किसान सघ (नेक्राकिसंघ) भक्तपुरको आठौँ जिल्ला सम्मेलनको शुक्रबार उदघाटन गर्दै उनले अहिले माओवादीबाट बाबुराम भटराई र कांग्रेसबाट रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको उम्मेदबार हुने भनी बाहिर आइरहेको बताए। उनले यी दुवै नेता राष्ट्रपतिका लागि उपयुक्त पात्र नभएको उनको भनाई थियो।

कम्युनिष्ट सिद्धान्तबाट बाहिर आएका बाबुराम कम्युनिष्ट सिद्धान्त छोडदै पार्टी फेर्दै हिडने नेता भएको हामी सवैलाई थाहा छ, उनले भने, रामचन्द्र पौडेल गृहमन्त्री हुँंदा केके काम गरे त्यो पनि हामी सवै जनतालाई थाहा छ।

उनले पछिल्लो संघीय संसदमा निर्वाचित एकजना सांसद निलम्वनमा परेको र अर्का एक साँंसद हालै मात्रै जेल पुगेको स्मरण गरे। त्यस्ता वदमास नेताहरु ठूल्ठूला पदहरुमा पुग्दै जानु चिन्ताको विषय भएको उनले बताए।

कार्यक्रममा पार्टीकातर्फबाट बागमति प्रदेशका निर्वाचित सदस्यहरु सुरेन्द्रराज गोसाई, सृजना सै्रजू, गीता काफ्लेलगायतले राजनीति ठिक नभएसम्म सवै विषय ठिक नहुने बताए।

सम्मेलनको दोस्रो दिन शनिबार बन्द सत्र हुने जनाइएको छ। आदर्श आजाद मा:वि: भेलुखेलमा हुने उक्त बन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने जनाइएको छ।