सभापति लामिछानेलाई कत्ति पनि विचलित नहुन डा. कार्कीको आग्रह
काठमाडौं— प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले कत्ति पनि विचलित नहुन सभापति रवि लामिछानेलाई आग्रह गरेकी छिन् । उनले जनता आफ्नै पार्टीको साथमा रहेको समेत जिकिर गरेकी हुन् ।
आफुहरु जहाँ उभिएपनि जनताको मुद्दाको वकालत त्यहिँ बाट गर्ने उनले बताएकी छिन् । उनले लोकतन्त्रमा सबै भन्दा शक्तिशाली जनता हुन् र सत्य, साहस, निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि जनतालाई नै सुम्पेको कुरा पनि स्पष्ट पारेकी छिन् ।
हिजो राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई समर्थन दिने गरी आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको छ । स्वास्थ्य राज्यमन्त्री डा कार्की, श्रम रोजगार मन्त्री डोलप्रसाद अर्याल र शिक्षामन्त्री शिशिर खनालले आइतबार नै प्रधानमन्त्री समक्ष पदबाट राजीनामा बुझाएका छन् ।