एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाइ’ सेवा
काठमाडौँ – एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ लन्च गरेको छ । यो सेवाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदलाई व्यवस्थित गरी मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्ने जनाएको छ ।
यस सुविधाले न्युनतम ब्याजदरमा ग्राहकहरूले आफ्नो खरिदहरू बराबर मासिक किस्ताहरूमा भुक्तानका लागि छनौट गर्न सक्ने जनाएको छ । ‘इन्स्टा बाइ’ मार्फत, अस्पतालको बिल, होटलको बिल, रेस्टुरेन्टको बिल र यस्तै अन्य सेवाहरूको भुक्तानी पनि भ्ःक्ष् मा रूपान्तरण गर्न सकिने बैंकले जनाएको छ ।
यो सुविधा ठूला खरिदहरूको लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प हुने बताइएको छ । यो सुविधा प्रयोग गर्न, ग्राहकहरूले बैंकको वेबसाइटमा लगइन गरि, प्रडक्ट एण्ड सर्भिसेस् मा क्लिक गरी वैकल्पिक डेलिभरी च्यानल अन्तर्गत ‘इन्स्टा बाइ’ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्या सहित विवरणहरू भर्नुपर्ने हुन्छ । यो नयाँ फिचरले ग्राहकहरुलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थप्पिने विश्वास बैंकले लिएको छ ।
एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।