सुदूरपश्चिमको सरकार फेरिनु कुनै अनौठो कुरा होइनः योगेश भट्टराई
काठमाडौं— नेकपा एमालेका सचिव योगेश भट्टराईले सुदूरपश्चिमको सरकार फेरिनु कुनै अनौठो कुरा नभएको स्पष्ट पारेका छन् ।
संघीय संसदमा राष्ट्रपतिको सम्बोधनपछि बोल्दै उनले संविधान अनुसार नै प्रदेश सरकार परिवर्तन भएको पनि बताएका थिए । एमाले सचिव समेत रहेका भट्टराईले प्रदेशको सरकार परिवर्तन हुँदैमा केन्द्रको गठबन्धनमा कुनै असर नगर्ने पनि बताएका हुन ।
‘प्रदेशको सरकार परिवर्तन भएर केन्द्रको गठबन्धनमा पहिरो जाँदैन । केन्द्रको सत्ता समीकरण जोगिन्छ’, भट्टराईको भनाइ छ ।
यद्यपि नेता भट्टराईले विश्वासको मत लिने क्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुखले मत विभाजनमार्फत निर्णय गर्नुपर्ने भएपनि ध्वनी मतका आधारमा निर्णय गरेकाले त्यो विषय सोचनीय भएको बताए ।