पर्यटन मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने निर्णय, बिहीबार सार्वजनिक बिदा
फागुन १५ काठमाडौं– सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ।
केहीबेर अघि सम्पन्न भएको मन्त्रिपरिषद्को बैठकले हेलिकोप्टर दुर्घटनाका विषयमा छानबिन गर्न ४ सदस्यीय छानबिन समिति गठन पनि गरेको छ।
पूर्वपर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको हो।
सरकारले मन्त्री अधिकारीको निधनको शोकमा भोलि बिहीबार राष्ट्रिय शोक मनाउँदै देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।