एनआईसी एशिया बैंकले ल्यायो ‘भ्यालेन्टाई डे’ अफर, तारे होटलमा डिनर गर्ने अवसर
काठमाडौँ – एनआईसी एसिया बैंकले ‘भ्यालेन्टाई डे’ को अवसरमा विशेष अफर ल्याएको छ । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् ‘भ्यालेन्टाइन डे’ को अवसरमा विशेष अफर ल्याएको हो । यो योजना बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहक महानुभावहरूलाई लक्षित गरेर ल्याइएको बैंकका सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए । यो योजना माघ २९ गतेदेखि फाल्गुन १ सम्म सञ्चालन हुने पाडेको भनाई छ ।
यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको QR कोड तथा POSP मेसिनमा पहिलो पटक कारोबार गर्नुहुने ग्राहक महानुभावहरूलाई १४ प्रतिशत वा अधिकतम रु.२०० सम्म क्यासब्याक उपलब्ध हुनेछ । साथै, बैंकले यसरी कारोबार गर्नुहुने मध्ये २० जना भाग्यशाली ग्राहक महानुभावहरूलाई Valentine’s Day को दिन अर्थात् २०७९ फाल्गुन २ ९२०२३ फेब्रुअरी १४० मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाईएको छ ।
काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहक महानुभावहरूको लागि वहाँहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइनेछ । यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।
जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।