भोली सार्वजनिक विदा

आइतबार, २९ माघ २०७९

काठमाडौं – सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।

यस अघि बाग्मती प्रदेश सरकारले पनि सार्वजनिक विदा दिने भएको छ । माघ २४ गते बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । उक्त निर्णय अनुसार फागुन १ गते सोमबारका दिन बाग्मती प्रदेशभर सार्वजनिक विदा रहने छ ।

यस्तै, कर्णाली प्रदेश सरकारले पनि जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिएको छ । प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले विदालाई औपचारिकता दिएको थियो । यी दुबै प्रदेशमा नेकपा माओवादी केन्द्रको सरकार छ । २०७२ साल फागुन १ गतेदेखि नेकपा माओवादीले गणतन्त्र, समाजवाद हुँदा साम्यवादमा जाने भन्दै शसस्त्र युद्धको सुवात गरेको थियो ।