आजको दिन सर्वहारा बर्गको लागि निकै महत्त्वपूर्ण उत्सव हो : भृकुटी
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समितिका संयोजक दिर्ग सीले वर्ग विहिन समाजको निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको बताएका छन् । २८औ जनयुद्द दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दिर्ग सीले सर्बहारा बर्ग माथिको अन्याय र अत्याचारलाई समाप्त पार्दै बर्ग विहिन समाज निर्माण गर्न नेपाल कम्युनिस्ट पार्टीको जन्म भएको बताएका हुन् ।
के ३ जिल्लाले आयोजना गरेको कार्यक्रममा दुई वटा वर्ग रहदासम्म सर्वहारा बर्गले न्याया नपाउने बताए । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सीले सर्वहारा बर्गको लागि आजको दिन निकै महत्त्वपूर्ण उत्सव भएको बताएकी छन् । जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भृकुटीले दस बर्षे जनयुद्धले सर्वहारा वर्गका साथै महिलाहरुमा ठूलो चेतनाको विकास गरेको बताइन् ।
काठमाडौँ जिल्ला नम्बर ३ की इन्चार्ज समेत रहेकी उनले दस बर्से जनयुद्दमा महिलाहरु बलात्कार हुदा पनि लुकाउनु पर्ने बाध्यताको अन्त्य गरेका बताइन् । ‘१० बर्ष जनयुद्धले जस्तोसुकै हिंसा सहन हुन्न भन्ने चेतना दियो, त्यो आन्दोलनका कारण आजभोली महिलाहरु बोल्न थालेका छन् ।’, उनले भनिन्, ‘यो जनयुद्धकै देन हो ।’ उनले आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनु हुने जनयुद्ध र एकीकृत जनक्रन्तीका महान सहिदहरु प्रति भावपूर्ण श्रदान्जली व्यक्त गरेकी थिइन् ।

काठमाडौं ३ न जिल्ला सचिव दिब्य सीको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा चन्द्रगीर र नागार्जुनका जनसमुदायको उपस्थिति रहेको थियो । दिनभर कोषसभा गरेको काठमाडौं जिल्ला नम्बर ३ ले बेलुका दीप परज्वलन तथा व्यानर टासेर जनयुद्ध दिवस मनाएको थियो ।
यता, अखिल क्रान्तिकारीले पनि २८ औं जनयुद्ध दिवस मनाएको छ । नेकपा स्थायी समिति सदस्य तथा संगठनकी फ्राक्सन इन्चार्ज शिलु सीको उपस्थितिमा अखिल क्रान्तिकारीले २८ औं जनयुद्ध दिवस मनाएको हो । काठमाडौँको पद्मकन्या क्याम्पसमा संगठनको केन्द्रीय समितिद्वारा आयोजित २८ औँ जनयुद्ध दिवस तथा केन्द्रीय समितिका निर्णय सम्प्रेषण एबम् प्रशिक्षण कार्यक्रममा बोल्दै शिलुले अखिल क्रान्तिकारीले वस्तुवादी र वैज्ञानिक योजना लिएर स्वबियु निर्वाचनमा जानुपर्ने बताइन् ।
एकिकृत जनक्रान्तिको आधार निर्माण गर्नका लागि अखिल क्रान्तिकारीले अहिलेको स्वबियु निर्वाचन मार्फत पार्टी र संगठनका विचारहरू विद्यार्थी माझ लैजान पर्ने नेतृ सिलुले बताइन् । योजनालाई लागू गर्नका लागि संगठन अनिवार्य हुने बताउँदै अखिल क्रान्तिकारीले संगठन सुदृढ गर्नमा जोड दिन उनले निर्देशन थिायो ।

‘अहिलेको दलाल पूँजीवाद र सत्ताले जन्माएका माफिया र साम्राज्यवादी शक्तिलाई तह लगाउनु संगठनको मुख्य दायित्व भएको हो’, शिलुले भनिन । २८ औँ जनयुद्ध दिवस दिवसको सबैलाई शुभकामना दिँदै नेतृ सीले भनिन , ‘हिजोको जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड–बाबुरामहरु आज त्यही दलाल सत्ताको अगुवाइ गर्दै छन् तर हाम्रो पार्टीका नेताहरु विप्लव – प्रकाण्ड लगायत तपाईं हामीले त्यो जनयुद्धका मर्म र मुद्दाहरूलाई आज पनि दृढताका साथ उठाई रहेका छौं र यो दलाल सत्ताका विरुद्ध धावा बोल्दै छौं ।’
आज नेपालको राजनीतिक वृत्तमा कुनै पनि पार्टीले देश र जनताको मुद्दामा काम गरिरहेका छैनन् तर एउटा मात्रै नेकपाले राष्ट्रियता जनजीविका जनतन्त्रका विषयमा काम गर्दै छ र यो दलाल सत्ताको अन्त्य गरी वैज्ञानिक समाजवाद ल्याउने दायित्व आफूहरुको रहेको बताउँदै यसमा अग्रगामी परिवर्तनको बाटोमा क्रान्तिकारी युवाहरू लाग्न प्रमुख अथितिका रूपमा सहभागी नेतृ सीलुले अपील समेत गरिन् ।

सबै क्याम्पस तथा कलेजहरूमा जिम्मेवारी पाएका सबैले स्वबियु निर्वाचन केन्द्रित रहेर खट्नुपर्ने संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सीले बताए । विशेष गरी यो स्वबियुमा संगठनलाई नयाँ उचाइमा पुर्याउने र लाखौं विद्यार्थीको माझमा आफ्नो विचारलाई लैजाने उद्देश्यका जानुपर्ने कुरालाई उपाध्यक्ष नरेन्द्रले प्रष्ट पारे ।
त्यस्तै, उक्त कार्यक्रममा अथितिका रूपमा संगठनका महासचिव ललित सी, सचिव प्रकाश सी, कोषाध्यक्ष प्रतिमा सीले समेत आफ्नो प्रशिक्षणत्मक मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता उपाध्यक्ष नरेन्द्र सीको थियो भने कार्यक्रम सञ्चालन भने संगठनका सचिवालय सदस्य डिवि चन्दले गरेका थिए ।
यता, नेकपा ललितपुर र भक्तपुरले दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएका छन् । लतिपुर जिल्लाको दिन प्रज्वलन कार्यक्रममा नेकपाका पोलिटव्युरो सदस्य आधार सीसहित जिल्ला इज्चार्ज विपिन र जिल्ला सेक्रेटरीको उपस्थिति रहेको थियो । भक्तपुरका नेकपाका केन्द्रीय सदस्स तथा भक्तपुर जिल्ला इन्चार्ज अखिल सीको उपस्थितिमा दिप प्रज्वलन गर्दै सहिदहरुलाई सम्झदै २८औं जनयुद्ध दिवस मनाएका छन् ।
